एमालेका दुई र कांग्रेसका एक जना गण्डकी प्रदेशसभा सदस्यलाई कोरोना पुष्टि


काठमाडौं– मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमाथि पक्ष र विपक्षमा मतदान हुने दिन नै गण्डकी प्रदेशका तीन जना सदस्यमा कोरोना पुष्टि भएको छ।

नेकपा एमालेका दुईसहित नेपाली कांग्रेसकी एक जना प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हो। एमालेका राजीव पहारी, प्रभा कोइराला र कांग्रेसकी मनकुमारी गुरुङलाई कोरोना पोजिटिभ देखिएको छ।

उनीहरू प्रदेश सभामा बोल्न नपाउने भएका छन्। तर, मतदानमा सहभागीता भने जनाउन पाउनेछन्।

प्रतिक्रिया