निषेधाज्ञामा पनि शेयर बजार बन्द नहुने


काठमाडौं – पछिल्लो समयमा कोरोना संक्रमितको संख्या अत्याधिक बढेपछि सरकारले घोषणा गरेको बिहीबारदेखिको निषेधाज्ञामा शेयरबजार बन्द नहुने भएको छ । सरकारले दुई सातासम्मका लागि घोषणा गरेको निषेधाज्ञाको अवधिमा शेयरबजार खुलै हुने नेपाल स्टक एक्सचेन्जले जनाएको हो ।

नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको छ । अहिले घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ । सेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले बजार बन्द गर्नु नपर्ने नेप्सेले जनाएको छ ।

गत वर्ष भएको लकडाउनमा ५० दिनसम्म बन्द भएको शेयरबजारमा लगानीकर्ताहरुको पुँजी होल्ड भएको भन्दै विरोध भएपछि बजार नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले बजार खुला गरेको थियो ।

नेप्सेले ब्रोकर कार्यालयहरुमा पनि भीडभाड नगर्न र थोरै कर्मचारी राखेर काम गर्न आग्रहसमेत गरेको छ ।

 

प्रतिक्रिया