पत्रकार पक्राउसम्बन्धी मुद्दाको सुनुवाई अनिलकुमार सिन्हाको इजलासमा


काठमाडौं – उज्यालो नेटवर्कका महाप्रबन्धक र कार्यकारी सम्पादक पक्राउ विरुद्धको मुद्दाको सुनुवाई सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाई हुँदैछ ।

प्रहरीले समाचार प्रकाशनको विषयलाई लिएर उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङलाई आइतबार कार्यालयबाटै र महाप्रबन्धक दुर्गालाल तामाङलाई सुन्धाराबाट पक्राउ गरेको थियो ।

प्रहरीले आफ्ना अधिकारक्षेत्रभन्दा बाहिरको विषयलाई लिएर कार्यालयमै गएर धरपकड गर्दै उज्यालो नेटवर्क अनलाइन समाचार माध्यमका कार्यकारी सम्पादक तामाङ र सोही कम्पनीका महाप्रबन्धक तामाङलाई पक्राउ गरेपछि उनीहरुले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए ।

 

प्रतिक्रिया