त्रिभुवन विश्वविद्यालयका पूर्वनिर्धारित सबै परीक्षा स्थगित


काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूले सञ्चालन गर्ने वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षाहरू स्थगन गरेको छ।

सोमबार बसेको विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोभिड-१९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरूमा लकडाउन तथा निषेधाज्ञा हुने भन्दै सञ्चालित भई रहेका र सञ्चालनको प्रक्रियामा रहेका सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको हो।

अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गरिएको बताइएको छ।

यसअघि आइतबार बसेको सिसिएमसीको बैठकले सबै परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको थियो।

प्रतिक्रिया