एमाले नेता माधव नेपाललगायतको रिटमा सर्वोच्चले भन्यो– कारबाही भईसकेको अवस्था देखिएन


काठमाडौं– नेकपा एमालेका नेता माधवकुमार नेपाललगायत चार जनाले सर्वोच्च अदालतमा पार्टीको स्पष्टिकरण र कारबाही प्रक्रिया रोक्नका लागि दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरिएको छ।

न्यायधीश प्रकाश ढुंगानाको एकल इजलाशमा भएको सुनुवाईमा ‘अहिले नै कारबाही भईसकेको अवस्था नदेखिएकाले’ अन्तरिम आदेश दिन अस्वीकार गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालसहित एमालेका २७ सांसदलाई स्पष्टिकरण सोध्दै कारबाही किन नगर्ने भनी प्रश्न गरेका थिए। यसपछि नेपाललगायतका चार जना नेता कारबाही प्रक्रिया रोक्न समेत भनी अन्तरिम आदेश माग गरी सर्वोच्च पुगेका थिए।

अदालतले विपक्षी बनाइएका ओली, निर्वाचन आयोगलगायतसँग भने लिखित जवाफ माग गरेको छ भने यो मुद्दालाई अग्राधिकार दिनका लागि पनि आदेश गरेको छ।

प्रतिक्रिया