पत्रकार पक्राउ प्रकरणः बन्दिप्रत्यक्षीकरणको रिट दर्ता, मंगलबार सुनुवाइ हुने

तामाङद्वयलाई तत्काल रिहा नगरे आन्दोलनमा उत्रने प्रेस संगठनको चेतावनी


काठमाडौं – उज्यालो अनलाइन नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका छन । सो सम्बन्धमा मंगलबार सुनुवाई हुने सर्वोच्च अदालतले जनाएको छ ।

त्यस्तै प्रेस संगठन नेपाल उपत्यका प्रदेश कमिटीले आइतबार पक्राउ गरिएका उज्यालो नेटवर्कका पत्रकार र महाप्रबन्धकलाई तत्काल रिहाई नगरे कडा सर्घषमा  उत्रने चेतावनी दिएको छ ।

प्रदेश कमिटीका संयोजक नवराज दाहालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा संगठनका सदस्य समेत रहेका उज्यालो अनलाइन नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङलाई प्रहरीले पक्राउ गरी कार्यालयमा घेराबन्दी तथा खानतलासी गर्ने र सञ्चार उपकरण जफत गरेको घटनाप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

उच्च अदालत पाटनले समेत समाचारको बिषयमा टुँगो नलागेसम्म निवेदकलाई पक्राउ नगर्नु–नगराउन’ भनी आदेश दिएको र उज्यालो नेटवर्कमा प्रकाशित समाचारको बिषयलाई लिएर नेपाल प्रेस काउन्सिलले नियमानुसार निरुपण गरिसकेको सर्वविदितै छ , बिज्ञप्तिमा भनिएको छ, अदालतको आदेश तथा सञ्चार माध्यमसँग सम्बन्धित सबै जिम्मेवारी बोकेको प्रेस काउन्सिलले गरेको निर्णयबिरुद्ध गएर सरकारले कानुनी राज्य, लोकतान्त्रिक बिधी र प्रक्रियाको धज्जी उडाउँदै संवैधानिक व्यवस्थामाथि ठाडो हस्तक्षेप गरी आफ्नो तानाशाही चरित्र प्रदर्शन गरेको हाम्रो ठहर छ । ’

समाचार लेखेकै बिषयलाई लिएर पत्रकार पक्राउ गर्ने धरपकड गर्ने कार्य सरकारको तानाशाही कार्य भएको भन्दै संयोजक दाहालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा तामाङद्वयलाई तत्काल बिना शर्त रिहाई गरी प्रेस स्वतन्त्रतताको सम्मान गर्न सरकारसँग आग्रह समेत गरिएको छ । पक्राउ परेका दुवै जनाको स–सम्मान रिहाई नगरि संगठन आफ्ना सदस्यको रिहाई र प्रेस स्वतन्त्रतता कायम राख्न कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने बिज्ञप्ति मार्फत चेतावनी समेत दिइएको छ ।

त्यस्तै प्रेस संगठनका सदस्यद्वमाथि भएको बर्बर दमन र तानाशाही रबैयाप्रति नेपाल प्रेस काउन्सिल, नेपाल पत्रकार महासाघ, सञ्चार माध्यमसँग सम्बन्धित संघ संगठन लगायत अभिब्यक्ति स्वतन्चताको पक्षमा रहनु भएका सबै न्यायप्रेमीसँग संगठनले बिज्ञप्ति मार्फत सहयोगको अपिल समेत गरेको छ ।

सर्वोच्चको तारेख पर्चाः

No photo description available.

प्रतिक्रिया