उपत्यकामा सेमी लकडाउन गर्ने तयारी, सार्वजनिक यातायातदेखि सपिङ मलसम्म बन्द गर्ने प्रस्ताव


काठमाडौं– काठमाडौं उपत्यकाका तीन जिल्लामा सेमी लक डाउनको प्रस्तावमा प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरू परामर्शमा जुटेका छन्।

निषेधाज्ञासहित सार्वजनिक यातायात, सपिङ मल, भिडभाड हुने ठाउँ बन्द तथा स्वास्थ्य मापदण्डलाई कडाईका साथ लागू गराउने प्रस्तावमा सहमति जुटाएर काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओले गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेसँग सहमति लिनेछन्।

न्यौपानेले सहमति दिएको खण्डमा गृह मन्त्रालयले उक्त प्रस्तावलाई मन्त्रिपरिषदको आजैको बैठकमा अनुमोदन गराउने छ।

उपत्यकामा कोभिड–१९ संक्रमण र मृत्यु तथा अहिलेको अवस्था विकराल हुन थालेको रिपोर्टिङ सिडिओले गृह मन्त्रालयमा गरेका छन्। उनीहरू सोही निष्कर्शमा समेत पुगेको बताइन्छ।

प्रतिक्रिया