

काठमाडौँ उपत्यकामा आजबाट अत्यावश्यक बाहेकका काम बन्द

काठमाडौँ – काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका हुन् ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कार्यालयमा कार्यरत केही कर्मचारी सङ्क्रमित भएकोले उक्त निर्णय लिएको हो ।
कोरोना सङ्क्रमणको दर बढेकाले भिडभाड नियन्त्रण गर्न ललितपुर र भक्तपुर जिल्ला प्रशासनले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएको जनाएको छ ।

