रुपन्देहीमा एक टिपरले दियो ३ साधनलाई ठक्कर, २ को मृत्यु, ५ घाइते


बुटवल – रुपन्देहीको तिलोत्तमामा आइतबार एक टिपरले ३ वटा सवारी साधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ६०६४ नम्बरको टिपरले तिलोत्तमा-१५ कोटिहवामा बुटवलतर्फ आउँदै गरेको लु २ च ७०१२ नम्बरको बोलेरो, लु १ ख ५७८६ नम्बरको बस र लु १ ख ९६८५ नम्बरको बसलाई ठक्कर दिएको थियोे ।

दुर्घटनामा परी लु १ ख ९६८५ नम्बरको बसमा सवार तिलोत्तमा-१५ कि वर्ष १० की सरस्वती (जमुना ) हरिजन र वर्ष ८ की गंगा हरिजनको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

त्यस्तै सोही बसमा सवार अन्य ४ जना र टिप्पर चालकसमेत घाइते भएको प्रहरीले बताएको छ । घाइतेहरुको मेडिकल कलेज भैरहवा उपचार भइरहेको छ ।

प्रतिक्रिया