

नेप्सेमा पहिरो, परिसूचक ७५.७९ अंकले गिरावट

साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सेन्ज नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से ७५.७९ अंकले घटेर २५७२.२२ को बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका २१५ कम्पनीको १ करोड ४६ लाख ९० हजार ७ सय २० कित्ता शेयर खरिद बिक्रिबाट ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९ सय १ रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज कुमारी बैंकको संस्थापक सेयर १४ प्रतिशतले बढेको छ भने महिला लघुवित्त, विशाल बजार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज कारोबारमा आएका मध्य ८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने अन्य सबैको मूल्यमा गिरावट आएको छ । आज सबैको समुहगत सुचक घटेर राताम्य भएको छ ।
आज निफ्राको सर्वाधिक बढि ३९ करोड ५२ लाख,ज्योति लाइफ इन्सुरेन्सको ३३ करोड ८५ लाख, अप्पर तामाकोशीको २५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज चन्द्रागिरी हिल्सको सबैभन्दा धेरै ८.४३ प्रतिशत र नारायणी विकास बैंकको ८.१९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

