रुपन्देहीमा पनि लगाईयो सवारी साधनमा जोर-बिजोर प्रणाली


बुटवल – रुपन्देहीमा कोभिड-१९ संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले सवारीसाधन संचालनमा पनि कडाई गर्ने भएको छ ।

डिसीसीएमसीको आज बसेको बैठकले यही वैशाख १४ गतेबाट जिल्लामा चल्ने सवारी साधनहरुलाई जोरबिजोर प्रणालीको आधारमा चलाउने निर्णय गरेको हो ।

रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले रुपन्देहीका सार्वजनिक तथा निजी यातायातका साधनहरु जोर बिजोर प्रणालीको आधारमा सञ्चालन गर्ने निर्णय गरेको बताए ।

उनले जोर गतेका दिन जोर नम्बर प्लेट भएका यातायातका साधन र बिजोर गते बिजोर नम्बर भएका यातायातका साधनहरु सञ्चालन हुने ब्यवस्था मिलाउन समन्वय बैठकले निर्णय गरेको जानकारी दिए ।

त्यस्तै कोभिडलाई नियन्त्रण गर्ने प्रयास गर्दै बाग्मती प्रदेशको राजधानी हेटौडामा पनि आईतबारबाट नै सवारी साधनमा जोरविजोर प्रणाली लागु गरेको छ ।

प्रतिक्रिया