
कोभिड–१९ः काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ कार्यालयले गरे यस्तो निर्णय
काठमाडौं– उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन्।
आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले ठाडो उजुरी र शान्ति सुरक्षा बाहेकका सेवालाई अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो।
ज्यादा भिडभाड हुने कामहरु प्रशासनले बन्द गर्ने निर्णय गरेको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको अहिलेको अवस्थालाई हेरी यस्तो निर्णय गरिएको हो।



कागजपत्र |
