मेलम्ची पानी: उपभोक्ता उत्साहित, व्यवसायी तनावमा


काठमाडौं – वर्षौ पछि मेलम्ची खानेपानी आयोजनाले उपत्यकाबासीको सपना साकार पारिदिएको छ ।

उपत्यकामा हुने खानेपानीको अभावलाई ट्याङ्कर र जारमार्फत् आपूर्ति गर्दै आएका उपभोक्ता मेलम्ची पानी आएसँगै उत्साहित भएका छन् भने व्यवसायीहरु तनावमा परेका छन् ।

काठमाडौंमा मेलम्चीको पानी आएसँगै ट्याङ्कर तथा जारको पानी बिक्री गर्ने व्यवसायीहरू आफूहरुको व्यवसाय विस्थापित हुने होकी भन्ने चिन्तामा हुन् ।

तोकिएको समयमा मेलम्ची नआउँदा व्यवसायबाट मनग्गे आम्दानी गरेका व्यवसायीहरू अब बिस्तारै अर्को विकल्पको खोजीमा लागि परेका छन् ।

मेलम्चीको पानी आएकोले अहिले नै ठ्याक्कै असर नदेखिएको खानेपानी संघमा आबद्ध व्यक्तीहरु बताउछन् । हाल पानीको माग नघटेको पनि उनीहरु बताउँछन् । तर, आगामी दिनमा मेलम्चीको पानी पूर्ण रूपमा वितरण गर्न थालेसँगै ट्याङ्कर तथा जारको पानीको माग घट्ने निश्चित रहेको भन्दै आगामी दिनमा के व्यवसाय गर्न सकिन्छ भनेर खोजी गर्न सुरु गरिसकेका समेत संघमा आबद्ध व्यक्तीहरुले बताउन थालिसकेका छन् ।

लामो प्रतिक्षारतपछि मेलम्चीको पानी २०७७ चैत १५ गतेबाट उपत्यकामा वितरण सुरु गरिएको थियो ।

प्रतिक्रिया