
२७ मध्ये कम्तिमा ७ जनालाई सांसदबाट निलम्बन गरिने विषयमा एमाले स्थायी कमिटी बैठक केन्द्रित
काठमाडौं– स्पष्टिकरण सोधिएका संघीय संसदका २७ जना मध्ये कम्तिमा ७ जनालाई ६ महिनाका लागि सांसद पदबाट निलम्बन गर्नेगरी नेकपा एमाले स्थायी कमिटी बैठक जारी रहेको छ।
आकस्मिक रुपमा महाधिवेशन आयोजक कमिटीको बैठक डाकिएको छ। बालुवाटारमा त्यसअघि स्थायी कमिटी बैठक राखिएको हो। निलम्बनका लागि माधवकुमार नेपाल, झलनाथ खनाल, भिम रावल, घनश्याम भुसाललगायतको नाम अगाडि राखिएको बताइन्छ।
कारबाहीको सिफारिस स्थायी कमिटीले गरे महाधिवेशन आयोजक कमिटीले अनुमोदन गर्ने विषयमा पनि चर्चा चलेको स्रोतले जनायो।



कागजपत्र |
