नेपाल च्याम्पियन, नेदरल्यान्डविरुद्ध १४२ रनको जित


काठमाडौं – पाहुना टोली नेदरल्यान्ड र मलेशियासँग त्रिकोणात्मक टी–२० सिरिजको उपाधि नेपालले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा नेपालले नेदरल्यान्डलाई १४२ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेको सिरिजमा चौथो अर्धशतकको मद्दतले यस वर्षको टी–२० को इतिहासमै सबैभन्दा धेरै २३८ रन बनाउन सफल भयो । जुन रन सन २०२१ मा कुनै पनि मुलुकले बनाएको सबैभन्दा धेरै रनको हो ।

भुर्तेल ७७ रन बनाउँदै आउट । त्यस्तै नेपालका लागि अशिफ शेखले १६ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । नेपालका लागि कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले विस्फोटक पारी खेले । मल्लले २४ बलमा ५० रब बनाए भने ऐरीले १८ बलमा ४८ रन बनाउँदै नटआउट रहे ।

२३९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेदरल्यान्डले दोस्रो ओभरमा नै विकेट गुमायो । नेदरल्यान्डका ओपनर तोबीस भेसी २ रन बनाउँदा रन आउट भए । उनलाई आशिफ शेखको डाइरेक्ट हिट गर्दै रन आउट गराएका थिए । त्यसपछि टिमको लागि २७ रन हुँदा बेन कुपर आउट भए पछि नेदरल्यान्ड सम्हालिन सकेन । कुपरलाई कलमसिं ऐरीले ७ रनमा आउट गरे । नेदरल्यान्डले १७.२ ओभरमा ९६ रन बनाउँदा आप्mना सबै विकेट गुमायो ।

नेपालका लागि कमल सिंह ऐरीले ४ ओभरमा २२ रन दिँदै २ विकेट लिए भने सन्दीप लामिछानेले ४ ओभरमा २६ रन दिँदै २ नै विकेट हात पारे ।

नेपालका लागि किफायती सावित करण केसीले ३ ओभरमा ११ रन दिँदा ३ विकेट हात पारे । त्यस्तै अविनाश बोहोराले ३.२ ओभरमा २० रन दिँदै नेदरल्यान्डको अन्तिम विकेट हात पारे ।

प्रतिक्रिया