अमेरिका र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता, एक अर्काको बीचमा व्यापक सहमति


एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच शुक्रबार फोनवार्ता भएको छ । सो वार्ताका क्रममा उनीहरु एक अर्काको बीचमा व्यापक सहमति निर्माण गरी आगामी दिनमा सहमति र सहकार्यका साथ अघि बढ्ने सहमति भएको बताइएको छ ।

टर्कीको राजधानी इस्तानबुलस्थित टर्कीस् राष्ट्रपतिको कार्यालयले दिएको जानकारीमा सो कुरा उल्लेख गरिएको छ । प्राप्त समाचारमा उनीहरुले पछिल्लो समयमा विकसिक विश्व राजनीतिका साथै कोभिडका कारण उत्पन्न विश्वव्यापी असहज परिस्थितिका विषयमा पनि कुराकानी गरेका थिए ।

उनीहरुले पछिल्लो समयमा विश्वमा कोभिड १९ ले पारेको प्रभावका बारेमाा पनि कुराकानी गरेका थिए । उनीहरुबीच आगामी जुन महिनामा द्धिपक्षीय भेटवार्ता हुने भएको बताइएको छ ।आगामी जुन महिनामा बेल्जियमको ब्रसेल्समा नेटो राष्ट्रका नेताहरुको सम्मेलन हुने भएको छ ।

प्रतिक्रिया