

नेपाल समूह छाडेर ओलीतिर आउनासाथ चाँगुनारायणका मेयर मिश्र एमाले भक्तपुरका इञ्चार्ज

काठमाडौं– नेकपा एमाले भक्तपुर जिल्लाको इञ्चार्ज चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका सोमप्रसाद मिश्रलाई बनाइएको छ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोगक कमिटीको बैठले मिश्रलाई उक्त जिम्मेवारी दिएको हो।
समानान्तर गतिविधि गरिरहेका नेता माधवकुमार नेपालका खास मानिने मिश्र ओली समूहमा आएका थिए। कतिपयले नेपाल समूह छाडेर आए उक्त जिम्मेवारी दिइने पूर्वसर्त रहेको बताउँछन्।

