

खाना पकाउने ग्यास सिलिन्डर अभाव हुने देखियो, खाली सिलिन्डर भर्न आग्रह

काठमाडौं – कोरोनाको दोस्रो लहर फैलिएसँगै ग्यास अभाव हुन नदिन खाली भएका खाना पकाउने ग्यास सिलिण्डरहरु तत्काल भर्न भनिएको छ।
नेपाल एलपी ग्यास उद्योग संघले एक विज्ञप्ति नै जारी गरेर सम्पूर्ण उपभोक्ता तथा बिक्रेतालाई आफुसँग भएका खाली सिलिन्डर भरेर भण्डारण गर्न आग्रह गरेको हो ।
नेपाल आयल निगमले संघलाई एलपी ग्यासको अभाव नहुने व्यवस्था गर्न पत्राचार गरेपछि संघले खाली सिलिन्डर अहिले नै भण्डारण गरेर राख्न ग्राहकहरुलाई आग्रह गरेको हो ।
सहज तरिकाले ग्यास उपलब्ध हुने सुनिश्चितता गर्न खाली भएका सिलिन्डर यथाशीघ्र भर्न संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

