एमाले सांसदले भटाभट बुझाउन थाले स्पष्टिकरण, सुरेन्द्र पाण्डेको जवाफ यस्तो छ (पत्रसहित)


काठमाडौं– नेकपा एमालेका २७ जना सांसदले संसदीय दलमा स्पष्टिकरण पत्र बुझाउन थालेका छन्।

नेता माधवकुमार नेपालसहितका सांसदले सामूहिक रुपमा छलफल गरी एउटै ढाँचाको स्पष्टिकरण पत्र बुझाएका हुन्। प्रधानमन्त्री तथा संसदीय दलका नेता, एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘तपाईलाई संघीय सांसदबाट किन नहटाउने?’ भनी जवाफ माग गरेका थिए।

नेता नेपाललाई भने सांसद उचालेर फ्लोर क्रस गराएको भनी अझ कडा शव्दमा स्पष्टिकरण सोधिएको थियो।

यसैबीच, सांसद सुरेन्द्र पाण्डेले भने आफूले पार्टीहित विपरित, विधानविपरित काम नगरेको जवाफमा उल्लेख गरेका छन्। उनले बरु प्रधानमन्त्री ओलीबाट नै त्यस्ता प्रकारका काम भएको भनी लेखेका छन्।

प्रतिक्रिया