वीरगञ्जमा २ न्यायाधीशसहित ८८ जनामा कोरोना पुष्टि


वीरगञ्ज – जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश र उच्च अदालतका १२ कर्मचारीसहित ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बुधवार वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शङ्कास्पद १ सय ९२ जनाको स्वाबको नमुना परीक्षण गर्दा ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

सङ्क्रमितमध्ये दुई न्यायाधीश, १२ उच्च अदालतका कर्मचारी, २४ जना महिला छन् । पर्साका ७९, बाराका ७ तथा रौतहट र रुकुमका १/१ जनामा सङ्क्रमण पुष्टि भएको छ । पर्साका ७९ सङ्क्रमितमध्ये ७६ जना वीरगञ्जका र ३ जना बहुदरमाई नगरपालिकाका छन् ।

४ देखि ७८ वर्षका सङ्क्रमितको सिटी भ्यालु १४ देखि ३४ रहेको नारायणी अस्पतालले जानकारी दिए ।

प्रतिक्रिया