देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र १०५१ संक्रमित थपिए


काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा मात्र १०५१ जना थपिएका छन् । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

उनका अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै काठमाडौं उपत्यकामा काठमाडौंमा ७८६, भक्तपुरमा ४ र ललितपुरमा ११ जनामा गरी कुल १ हजार ५१ जना पुष्टि भएको पनि गौतमले जानकारी दिए ।

प्रतिक्रिया