कोरोना विरुद्धको खोपकाे मुल्य ताेक्दै भारतीय कम्पनी


नयाँदिल्ली – कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाले नयाँ मूल्यसूची जारी गर्दै प्रदेश सरकारलाई ४०० रुपैयाँ प्रतिडोज खोप बेच्ने घोषणा गरेको छ ।

सिरमले निजी अस्पताललाई भने ६०० रुपैयाँमा खोप बेच्ने भएको छ । भारत सरकारले खोपको नयाँ चरणको घोषणा गरेपछि कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।

यसअघि केन्द्र सरकारले मात्रै खोप खरिद र वितरणको काम गर्दै आएको थियो । अब भारतमा निजी अस्पताल र प्रदेश सरकारले खोप खरिद गरेर लगाउन सक्ने भएका छन् ।

उत्पादन भएकोमध्ये ५०% खोप अझै पनि केन्द्र सरकारले नै राख्ने छ भने बाँकी खोप मात्रै प्रदेश सरकार र निजी अस्पताललाई कम्पनीले बिक्री गर्न पाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया