

प्रदेशस्तरीय ‘तरुण सम्मेलन तथा प्रशिक्षण’ स्थगित, नयाँ मिति तोक्ने निर्णय

काठमाडौं – देशभर दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएकाले नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले प्रदेशस्तरीय तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगित गरेको छ।
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जारी गरी विभिन्न प्रदेशमा गर्न लागिएको तरुण सम्मेलन तथा प्रशिक्षण कार्यक्रम स्थगित गरिएको बताए। तरुण दलले आगामी वैशाख १२ र १३ गते गण्डकी प्रदेशको पोखरा र जेठ १ र २ गते प्रदेश २ को बारामा प्रदेश सम्मेलन तोकिएको थियो।
कोरोना सङ्क्रमण नियन्त्रणमा आएर सामाजिक वातावरण सहज भएपछि नयाँ मिति तोकेर प्रदेश सम्मेलन आयोजना गर्ने दलले जनाएको छ।

