कोरोना पुष्टीपछि पूर्वराजा ज्ञानेन्द्रदम्पती निर्मल निवासमै सेल्फ आईसोलेसनमा


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना निर्मल निवासमा सेल्फ आईसोलेसनमा बसिरहेको फणिराज पाठकले जनाएका छन् ।

पाठकले सामाजिक सञ्जाल शाहदम्पतीलाई कोरोना पुष्टी भएको भन्दै लेखेका छन्, ‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा पूर्व श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह भारत भ्रमणबाट नेपाल फर्किबक्सेपछि कोबिड पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएकाले निर्मल निवासमा सेल्फ आईसोलेसनमा राज होइबक्सेको छ ।’

No description available.

त्यसअघि पूर्वराज दम्पती भारतको हरिद्वारमा सम्पन्न कुम्भ मेलामा गंगा स्नान गरेर आइतबार स्वदेश फर्किएका शाह दम्पतीले भारतमै कोरोना परिक्षण गरेका थिए ।

अहिले उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको पनि जनाइएको छ ।

 

प्रतिक्रिया