

ज्ञानेन्द्र दम्पतीलाई कोरोना पुष्टी

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
भारतको हरिद्वारमा सम्पन्न कुम्भ मेलामा गंगा स्नान गरेर आइतबार स्वदेश फर्किएका शाह दम्पतीले भारतमै कोरोना परिक्षण गरेका थिए ।
उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
उनीहरुको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

