वैशाखभर विद्यालय बन्द गर्ने सरकारको निर्णय


काठमाडौं – वैशाखभर विद्यालय बन्द हुने भएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको बैठकमा सहभागि उक मन्त्रीले जानकारी दिए।

कोरोनाभाइरस (कोभिड–१९) फैलिएपछि विद्यालय बन्‍द गर्ने निर्णय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार मन्त्रिपरिषद्‌ बैठकले गरेको हो।

यस्तै यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्नेछ।

त्यस्तै बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो ।

प्रतिक्रिया