

भारतमा विश्वमै सबैभन्दा धेरै कोरोनामुक्त, ११ करोडभन्दा धेरैको कोरोना परिक्षण

काठमाडौं – नेपालको छिमेकी मुलुक भारतमा विश्वमै सबैभन्दा धेरै कोरोनामुक्त भइसकेका छन् ।
संक्रमितमध्ये अहिलेसम्म ७६ लाख १ हजार ४२९ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्मको अवस्थामा भारतमा ५ लाख ४२ हजार ३ सय ४६ जनामात्र सक्रिय संक्रमित संख्या रहेको छ ।
भारत अहिलेसम्म विश्वमै सबैभन्दा धेरै कोरोनामुक्त हुने मुलुक पनि हो । भारतमा हालसम्म ११ करोड ७ लाख ४३ हजार १ सय ३ जनाको कोरोना परिक्षण गरिएको जनाइएको छ ।
भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार नाघेको छ ।
पछिल्लो २४ घन्टामा ४ सय ९७ जनाको मृत्यु भएसँगै भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार १ सय ३९ पुगेको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३७ हजार ५९२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८२ लाख ६६ हजार ९१४ पुगेको छ ।
भारत विश्वमै दोस्रो धेरै संक्रमित रहेको मुलुक हो भने कोरोनाबाट ज्यान गुमाउने मुलुकको सूचीमा तेस्रो स्थानमा रहेको छ । भारतमा भन्दा धेरै संक्रमित अमेरिकामा मात्र रहेका छन् भने मृतक अमेरिका र ब्राजिलमा रहेका छन् ।

