सप्तकोशीमा पानीको बहाव खतराको तहमा, कोशी ब्यारेजका २३ ढोका खोलिए


सुनसरी – लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेपछि कोशी ब्यारेजका २३ वटा ढोका खोलिएको छ।

ब्यारेज नियन्त्रण कक्षका अनुसार मङ्गलबार बिहान ७:१५ बजेको मापनअनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ७७५ क्युसेक पुगेको छ। नदीमा जलसतह खतराको बिन्दु नाघिसकेको र पानीको बहाव अझै बढ्दो क्रममा रहेको जनाइएको छ।

पानीको बहाव लगातार बढेपछि स्थानीय प्रशासनले सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। तटीय क्षेत्रमा बाढीको जोखिम बढ्न सक्ने भएकाले नदी किनारका बस्तीहरूलाई सुरक्षित रहन प्रहरी तथा स्थानीय प्रशासनले सचेत गराएका छन्।

प्रतिक्रिया