माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज दिउँसो बस्ने भएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले आजका लागि स्थायी समितिको बैठक बोलाइएको जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।

पछिल्ला दिनहरुमा नेकपा एमालेका माधव नेपाल समूहसँग पार्टी एकीकृत गर्ने अभिव्यक्ति केन्द्रका नेताहरुबाट आइरहेका बेला यस बारेमा पनि छलफल हुनसक्ने देखिएको छ । केन्द्रले कर्णाली प्रदेशमा माधव नेपाल पक्षकोे कदमको प्रसंसा गर्दै अन्य प्रदेशहरुमा पनि कसरी अगाडी भन्ने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

प्रतिक्रिया