५१ वर्षपछि पुतली मिजारले पाइन् जग्गाधनी पुर्जा

वडाध्यक्ष गौतमको पहलमा समस्या समाधान


काभ्रे – धुलिखेल नगरपालिका–८ की दलित परिवारकी पुतली मिजारले ५१ वर्षपछि आफ्नो जग्गाको जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेकी छन्।

वि.सं. २०३२ सालदेखि लिखित प्रमाणमा रहेको जग्गा लामो समयसम्म आफ्नो नाममा दर्ता हुन नसक्दा मिजार परिवार जग्गाधनी पुर्जाबाट वञ्चित हुँदै आएको थियो। धुलिखेल नगरपालिका–८ का वडा अध्यक्ष विनोद गौतमको पहलमा सम्बन्धित निकायसँग आवश्यक समन्वय तथा प्रक्रियालाई अघि बढाएपछि अन्ततः पुतली मिजारले आफ्नो जग्गाको आधिकारिक पुर्जा प्राप्त गरेकी हुन्।

५१ वर्षपछि हातमा जग्गाधनी पुर्जा परेपछि मिजार परिवारमा खुसी छाएको छ। लामो समयदेखि समाधान हुन नसकेको जग्गासम्बन्धी समस्या समाधान गर्न वडा अध्यक्ष गौतमले गरेको पहलप्रति परिवारले धन्यवाद व्यक्त गरेको छ।

लामो समयदेखि जग्गाको स्वामित्व प्रमाणित हुन नसकेका नागरिकको समस्या समाधानमा स्थानीय तहको सक्रिय पहल प्रभावकारी हुन सक्छ भन्ने उदाहरणका रूपमा यस घटनालाई लिन सकिन्छ।

प्रतिक्रिया