दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी सिआईबीको नियन्त्रणमा


काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले भण्डारीलाई शुक्रबार ललितपुर धापाखेलबाट पक्राउ गरेको हो ।

उनलाई स्मार्ट सेलको लिलामी बिक्रीमा अनुमति दिएको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भण्डारीलाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । बालेन्द्र शाह नेतृत्वको सरकारले सबै राजनीतिक नियुक्ति हटाउँदा उनी पनि पदमुक्त भएका थिए ।

प्रतिक्रिया