दुई वटा संसदीय समितिको बैठक


काठमाडौं- आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आ.व. ०८३/८४ को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुनेछ।

त्यसैगरी, दिउँसो २ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कार्यविधि तथा आचार संहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदनका सम्बन्धमा छलफल, समितिको हालै सम्पन्न स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ।

प्रतिक्रिया