
रवि भन्छन्- ‘मलाई प्रधानमन्त्री बनाउन खोजे पनि बन्दिनँ‚ बालेनलाई नै बनाउँछु’
काठमाडौँ – रास्वपा सभापति रवि लामिछानेले कुनै शक्तिले पार्टीमा विभाजन ल्याउन प्रधानमन्त्रीको लोभ देखाए पनि आफू त्यसका लागि तयार नहुने स्पष्ट पारेका छन्।
आइतबारदेखि चितवनमा सुरु भएको महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
‘हामीले बल बालेनजीको खुट्टामा पुर्याइसकेका छौँ। अब फटाफट गोल गर्नुपर्ने छ’, आफूले पाए पनि प्रधानन्त्री नबन्ने आशयका साथ उनले भने, ‘केही गरी झुक्किएर बल मेरो खुट्टमा आयो भने पनि बल बालेनजीकै खुट्टामा पास दिने जिम्मा मेरो।’
सभापति लामिछानेले पार्टीका कोही नेता कार्यकर्तालाई गुटउपगुटमा नलाग्न पनि निर्देशन दिए। त्यसो भएको अवस्थामा अब रास्वपालाई लडाउने कुनै शक्ति नउदाउने उनले बताए।
उनले भने, ‘गुटउपगुटमा नलगाी हामी हिँड्यौँ भने रास्वपालाई लडाउने शक्ति अब देशमा उदाउनेछैन।’



कागजपत्र |
