

प्रि-मनसुन सक्रिय: उपत्यकामा हावाहुरीसहित वर्षा, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौँ – काठमाडौँमा उपत्यकामा तीव्र गतिको हावाहुरीसहित वर्षा भइरहेको छ । पश्चिमी र स्थानीय वायुको प्रभावले काठमाडौँमा हावाहुरी चलेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उपत्यकासहितका पहाडी भू-भागहरुमा वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ । महाशाखाकी मौसमविद् विभूति पोखरेलले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेकी छन् । शनिबार केही स्थानहरुमा असिना पानी पनि पर्ने सम्भावना रहेको उनले बताइन् ।
आइतबार पनि हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । ‘प्रि-मनसुनको समय भएकाले हावा त चलिरहन्छ,’ मौसमविद् पोखरेलले भनिन्, ‘शनिबारको तुलानामा आइतबार हावाको गति केही कम हुन्छ । सोमबारदेखि अर्को प्रणाली आउन सक्ने पनि सम्भावना छ ।’ शुक्रबार पनि उपत्यकासहित देशका विभिनन स्थानमा हावाहुरीसहित बषा र चट्याङ परेको थियो ।

