
दमकमा लागूऔषधसहित एक महिला पक्राउ, ठूलो मात्रामा ट्याब्लेट बरामद
झापा- दमकमा लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा दमक नगरपालिका–४ निवासी ४२ वर्षीया रिता तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
इलाका प्रहरी कार्यालय दमक र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा आइतबार बिहान करिब १० बजे तामाङको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा उनको सुत्ने कोठामा रहेको टेबलमुनि राखिएको झोलाबाट ट्रामाडोल हाइड्रोक्लोराइडका ३७० क्याप्सुल र डाइसाइक्लोमिन हाइड्रोक्लोराइडका ५६० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद औषधि अवैध रूपमा बिक्री–वितरणका लागि राखिएको आशंकामा प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान अघि बढाएको छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ।



कागजपत्र |
