
कोशीमा देउवा–कोइराला पक्षको संयुक्त भेला
काठमाडाैं- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आज कोशी प्रदेशस्तरीय भेला गरेको छ। पार्टीका दुई प्रमुख समूह—निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र नेता शेखर कोइराला पक्ष—को संयुक्त सहभागितामा उक्त भेला आयोजना गरिएको हो। भेला विराटनगरस्थित मनास्लु होटलमा भएको बताइएको छ।
संस्थापनइतर समूहको भेलामा नेता शेखर कोइराला, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद, मीनबहादुर विश्वकर्मालगायतका नेताहरू सहभागी भएका छन् ।
यसअघि देउवा पक्षले आयोजना गरेको कोशीस्तरीय भेलामा शेखर पक्ष सहभागी नभएको अवस्थामा यसपटक भने दुवै पक्ष एकै ठाउँमा भेला भएको हो।
नेताहरूका अनुसार उक्त भेलालाई पार्टीभित्रको बृहत्तर एकताका रूपमा लिइएको छ।



कागजपत्र |
