सरकारले जारी गरेका सुरक्षात्मक उपाय कडाइका साथ पालना गर्न राष्ट्रपतिको आह्वान


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छन् ।

उनले आज अपराह्न ट्विट गर्दै नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गरेकी छन् ।

 

प्रतिक्रिया