एसियाली छनोटः मलेसियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल


काठमाडौं – एसियाली खेलकुद छनोट अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ ।

सिंगापुरमा मलेसियाले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो । आजको खेलमा जित निकाल्दै नेपाल समूह विजेता बन्ने लक्ष्यका साथ मैदानमा छ ।

समूह ‘ए’को नेपाल एक एक खेल अगाडि नै एसियाली खेलकुदमा छनोट भइसकेको छ । पहिलो खेलमा चीनलाई २२१ रनले हराएको नेपाल उच्च मनोबलका साथ मैदानमा छ ।

दुई समूह रहेको प्रतियोगिताबाट शीर्ष २–२ टोली एसियाली खेलकुदका लागि छनोट हुँदैछन् । समूह ‘ए’का दुई खेलमा चीन पराजित भएपछि नेपाल र मलेसिया छनोट भइसकेका हुन् ।

 

प्रतिक्रिया