
‘टिकटक स्टार’ तुलसा बकपत्रका लागि अदालतमा, आज थुनछेक बहस हुने
ललितपुर- ‘टिकटक तुलसा कलेक्सन’का नामले परिचित तुल्सी अधिकारीलाई बकपत्रका लागि सोमबार ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ। बयान प्रक्रिया नसकिएपछि उनलाई पुनः प्रहरी हिरासतमा पठाइएको थियो।
सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक चिमोरियाले २०८२ साउन २४ गते अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोप लगाउँदै जाहेरी दिएका थिए।
जाहेरी परेपछि भदौ महिनादेखि फरार रहेकी अधिकारी चीन हुँदै थाइल्याण्ड पुगेकी थिइन्। उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको समन्वयमा गत शुक्रबार पक्राउ गरिएको थियो।
ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएकाले पक्राउपछि उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मा लगाइएको थियो।
ललितपुरका प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार आज बकपत्र प्रक्रिया सम्पन्न भए थुनछेक बहस अघि बढाइनेछ। त्यसपछि अदालतले जारी गर्ने आदेशअनुसार थप कानुनी प्रक्रिया अगाडि बढ्नेछ।



कागजपत्र |
