प्रचण्ड अस्पतालमा भर्ना


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

पछिल्ला तीन दिनदेखि अस्वस्थ रहेका प्रचण्डलाई शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। रुघाखोकी, ज्वरो तथा हल्का निमोनियाको समस्या देखिएपछि चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।

आचार्यका अनुसार उपचारपछि प्रचण्डको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख छ। शुक्रबार उनको ज्वरो १०२ डिग्रीसम्म पुगेपछि घरमै चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसपछि थप उपचारका लागि अस्पताल भर्ना गरिएको जनाइएको छ।

प्रतिक्रिया