
यूएफसी छनोटमा नेपाली फाइटर रवीन्द्र ढाँटको शानदार जित
काठमाडौं- नेपालका मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँटले यूएफसी छनोट प्रतियोगिता ‘रोड टु युएफसी ५’ मा शानदार जित दर्ता गरेका छन्।
चीनको मकाउमा सम्पन्न प्रतियोगिताअन्तर्गत ब्यान्टमवेट विधाको क्वाटरफाइनल चरणमा ढाँटले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै नकआउट गर्दै पराजित गरेका हुन्।
खेलको पहिलो र दोस्रो दुवै राउन्डमा ढाँट प्रभावशाली देखिएका थिए। उनी विपक्षीमाथि लगातार दबाब बनाउँदै एकपक्षीय रूपमा प्रस्तुत भएका थिए। अन्ततः दोस्रो राउन्डमै निर्णायक प्रहार गर्दै उनले स्पष्ट जित निकाले।
ढाँटको यो जितसँगै उनी प्रतियोगितामा थप चरणतर्फ अघि बढेका छन्।



कागजपत्र |
