दल त्यागेपछि कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्षको पद खोसियो


काठमाडौं-  नेपाली कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्षको पद रिक्त गरिएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवारका रूपमा निर्वाचित भएका रविन्द्र केसी र पद्मबहादुर विष्टको पद खोसिएको हो ।

केसी लुम्बिनी प्रदेशअन्तर्गत मुसिकोट नगरपालिका–२ का वडा अध्यक्ष थिए भने विष्ट सोही प्रदेशको धुर्कोट गाउँपालिका–३ का वडा अध्यक्ष थिए ।

उनीहरू अन्य दलमा प्रवेश गरेको आरोपसहित नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको निर्णयमार्फत निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले दुवै जनप्रतिनिधिको पद रिक्त भएको सूचना जारी गरेको हो ।

निर्वाचनसम्बन्धी प्रावधानअनुसार कुनै पनि जनप्रतिनिधिले आफू निर्वाचित भएको दल परित्याग गरी अर्को दलमा प्रवेश गरेमा उनको पद स्वतः रिक्त हुने व्यवस्था रहेको छ ।

यसैअनुसार आयोगले दुवै वडा अध्यक्षको पद खाली भएको घोषणा गरेको हो ।

suchana

प्रतिक्रिया