
सिभिल अस्पतालका निर्देशक डा. रेग्मीले दिए राजीनामा
काठमाडाैं- काठमाडाैंकाे बानेश्वरस्थित निजामती कर्मचारी(सिभिल) अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन् ।
रेग्मीले मुख्य सचिवसमक्ष राजीनामा दिएका हुन् । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. रेग्मी २८ फागुन २०८१ अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
डा. रेग्मीको राजीनामासँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. रवि प्रकाश शर्मालाई दिएको छ ।



कागजपत्र |
