कांग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने


काठमाडौं – कर्णाली प्रदेशसमा नेपाली कांग्रेसले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने भएको छ । ‘निमुखालाई न्याय गर्ने’ नीति अनुसार मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले कांग्रेसका लागि एमाले र माओवादी दुवै एकै भएपनि मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने बताए ।

‘हामीले मत हाल्दा पनि मुख्यमन्त्रीको बहुमत पुग्दैन । हाम्रो ६ सीट छ । हामी तेस्रो दल हौं । हामी मुख्यमन्त्री शाहीलाई नै विश्वासको मत दिन्छौं’, शुक्रबारको प्रदेशसभा बैठकमा शाहीले भने ।

प्रतिक्रिया