
१२ अंकले घट्यो शेयर बजार, पाैने ४ अर्बको कारोबार
काठमाडौं – साताको चौथो कारोबारमा सेयर बजार १२.३६ अंकले घटेको छ । यससँगै बजार मापक २७४२.११ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार १२ अंक घट्दा ७२ कम्पनीको सेयर मूल्य बढेको छ । १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने नौ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
बजार घटे पनि कारोबार रकम भने बढेको छ । यसदिन तीन अर्ब ८९ करोड ८४ लाख ८३ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ८९ लाख ५५ हजार ५४५ कित्ता सेयर ४४ हजार ७४४ पटकमा किनबेच भएको छ । अघिल्लो दिनको कारोबारमा तीन अर्ब ७१ करोडको सेयर किनबेच भएको थियो ।
प्रभु बैंक लिमिटेड डिबेन्चर, बुंगल हाइड्रो, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक डिबेन्चर, एभरेष्ट बैंक डिबेन्चर शीर्ष कमाउने कम्पनीमा रहे ।
समुहगत सूचकतर्फ म्युचअल फन्ड ०.१४ प्रतिशतले बढेको छ । बाँकी १२ समूह घटेका छन् ।



कागजपत्र |
