
रकेट बनाउन बरू सजिलो छ, बाँदर भगाउन सजिलो छैनः सांसद पुन
काठमाडौं — स्वतन्त्र सांसद महावीर पुनले बाँदर नियन्त्रण गर्न सजिलो नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले बाँदर नियन्त्रण गर्ने प्रविधि अहिलेसम्म नपाएको बताए ।
‘रकेट बनाउन सजिलो छ । रकेट बनाउने टेक्नोलोजी छ । तर बाँदरलाई भगाउने टेक्नोलोजी संसारभर छैन । मैले खोजेकै हो छँदै छैन । यसको लागि पाँच–सात करोड कति हुन्छ अनुसन्धानको लागि छुट्याउनुपर्छ,’ उनले भने ।
सांसद पुनले सरकारले बाँदर नियन्त्रणको टिम गठन गर्दै गरेको त्यसमा आफूलाई पनि राख्न उनले आग्रह गरे ।
त्यस्तै सांसद पुनले नेपालमा ट्याक्सी दर्ता गर्दा कालो नम्बर प्लेटकै लागि १५ लाख रुपैयाँ बुझाउनु पर्ने गरेको जनाउँदै त्यसका लागि सरकारले तत्काल आवश्यक कदम चाल्नका लागि पनि अनुरोध गरेका थिए ।



कागजपत्र |
