
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा विभिन्न विधेयकमाथि छलफल र निर्णयका लागि कार्यसूची तय गरिएको छ ।
बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री एवम् विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ । साथै, ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि विचार अघि बढाउने तयारी गरिएको छ ।
यससँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको छ ।
उक्त विधेयकमाथि प्राप्त संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ । त्यसपछि अर्थमन्त्री वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित गरियोस् भन्ने प्रस्ताव सभामा पेश गर्नेछन् ।



कागजपत्र |
