सशस्त्रमा एआईजी, डिआईजी र एसएसपी बढुवा सिफारिस


काठमाडौं — गृह मन्त्रालयले सशस्त्र प्रहरीका प्रहरी नायब महानिरिक्षक (डिआईजी) अन्जनी कुमार पोखरेललाई एआईजीमा बढुवा सिफारिस गरेको छ ।

मंगलबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिले पोखरेललाई बढुवा सिफारिस गरेको हो । सशस्त्र प्रहरी बलमा दुईजना एआईजी दरबन्दी छ । त्यसमध्ये एक दरबन्दी रिक्त छ ।

उक्त रिक्त दरबन्दीमा पोखरेललाई सिफारिस गरिएको हो । पोखरेल अहिले सशस्त्र प्रहरीको बागमती प्रदेश प्रमुख छन्। नारायणदत्त पौडेल आईजीपी बनेपछि सशस्त्रमा एआईजी पद रिक्त भएको थियो ।

त्यस्तै एसएसपी राजेन्द्र खड्का डीआईजीमा बढुवा सिफारिस गरिएको छ ।

यसैगरी एसपी संजय भट्टराईलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ ।

साथै कानुनतर्फ एसएसपी युवराज अर्यालयलाई डीआईजीमा बढुवा सिफारिस गरिएको छ । एआईजी बढुवा उपर चित्त नबुझेमा सात दिनभित्र उजुरी गर्न सकिने बढुवा समितिले जनाएको छ।

 

प्रतिक्रिया