
हुम्लामा असिनापानी पछि पहिरो, घर गोठ र स्कुलसमेत बगायो
हुम्ला – हुम्लाको चंखेली गाउँपालिका–५ मा भीषण असिनापानीपछि आएको पहिरोले एक विद्यालय र घर गोठ बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी विष्णु श्रेष्ठका अनुसार मंगलबार परेको हावाहुलीसहितको असिना पानीपछि रातको समयमा बाढी आएको हो । बाढीले स्थानीयको घर गोठ बगाउँदा भेडाबाख्रा पुरिएका छन् । मानवीय क्षतिको विवरण भने आइनसकेको श्रेष्ठले बताए ।
नजिकको प्रहरी कार्यालयबाट घटनास्थलमा पुग्न पैदल सात घण्टा यात्रा गर्नुपर्ने भएकाले घटनास्थलमा प्रहरी पुग्न सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।
असिनापानीका कारण भिरालो नाङ्गो पाखोबाट लेदोसहितको बाढी बस्तीमा पसेको थियो । भौगोलिक विकटताका कारण घटनास्थलमा सुरक्षाकर्मी पुग्न समय लागेको छ ।
सुरक्षाकर्मी घटनास्थलमा पुगेपछि मात्रै क्षतिको यकिन विवरण आउने डिएसपी श्रेष्ठले बताए ।असिनापानीका कारण भिरालो नाङ्गो पाखोबाट लेदोसहितको बाढी बस्तीमा पसेको थियो । भौगोलिक विकटताका कारण घटनास्थलमा सुरक्षाकर्मी पुग्न समय लागेको छ ।
सुरक्षाकर्मी घटनास्थलमा पुगेपछि मात्रै क्षतिको यकिन विवरण आउने डिएसपी श्रेष्ठले बताए ।



कागजपत्र |
