काठमाडौं बाहिर पनि एक सहरबाट अर्को सहरमा उडान सुरु गर्दै बुद्ध एयर


काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट देशका विभिन्न गन्तव्यमा उडान गर्दै आएको बुद्ध एयरले अबदेखि काठमाडौं बाहिरका एक सहरबाट अर्को सहरमा पनि उडान गर्ने योजना बनाएको छ ।

हाल अधिकांस उडान काठमाडौंबाट देशका विभिन्न गन्तव्यमा उडान गर्दै आएको बुद्धले अबदेखि काठमाडौं बाहिरका एक सहरबाट अर्को सहरमा पनि उडान गर्ने योजना बनाएको हो।

पोखरा-भैरहवा, पोखरा-सिमरा, पोखरा(नेपालगञ्‍ज र भरतपुर-भैरहवा उडान गर्ने बुद्ध एयरले योजना बनाएको छ। अहिलेसम्म काठमाडौंबाट हुने उडानमा मात्र धेरै ट्राफिक देखिएकाले आन्तरिक उडान गर्ने एयरलाइन्सले नयाँ उडान यही रुटमा थपिरहेका छन्।

९ वटा एटीआर-७२, तीनवटा एटीआर-४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सय उडान गर्दै आएको छ।बुद्धले अहिले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ। काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट गरिरहेको छ ।

प्रतिक्रिया